इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारस्थित कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ।
बुधबार पौने १ बजेदेखि लागेको आगो तीन बजे पूर्ण नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सात वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले आगो नियन्त्रणमा खटिएका थिए।
प्रहरीका अनुसार आगलागीबाट सुबिसुको कार्यालय जलेर क्षतिग्रस्त भएको छ। त्यहाँका केबुल तथा महत्वपूर्ण सामग्रीहरू जलेर नष्ट भएका छन्।
आगलागीबाट भएको क्षति संकलनको कार्य भइरहेको परिसर प्रवक्ता होविन्द्र बोगटीले बताए।
तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी