लागुऔषध ब्राउन सुगरसहित सुनसरीको इटहरीबाट नेपाली सेनाका सेनानी पक्राउ परेका छन् ।
नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत सेनानी अजित सिंहसहित दुई जनालाई आज लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
शनिबार साँझ ५:३० बजेको समयमा पक्राउ परेका दुवैलाई थप कारवाहीका लागि इटहरीस्थित प्रहरी कार्यालयमा बुझाइएको उनले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।