सल्यानमा भरुवा बन्दुकसहित दुई व्यक्ति पक्राउ परेका छन्। कालिमाटी गाउँपालिका वडा नं. ५ बालुवा मनिकापुरका ७० वर्षीय चन्द्रबहादुर रोका र सोही ठाउँका ६७ वर्षीय टेकबहादुर कुमाललाई प्रहरीले शनिवार दिउँसो साढे १ बजेतिर पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको साथबाट एक नाले भरुवा बन्दुक चार नाल बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।