गोरखा नगरपालिका -१० को मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका कार्यालय सहयोगी श्यामहरि घिमिरेको शव जंगलमा भेटिएको छ।
विद्यालय नजिकै रहेको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान घिमिरेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
घिमिरे सोमबार साँझदेखि हराइरहेका थिए।
‘शवलाई परीक्षणका लागि गोरखा अस्पताल ल्याएका छौं,’ उनले भने, ‘हत्या हो कि आत्महत्या भन्ने अनुसन्धान हुँदैछ।’
उनको टाउको र खुट्टामा चोट छ।
दुई दशकदेखि विद्यालयमा कार्यालय सहयोगी रहेका घिमिरे गोनपा १० का बासिन्दा हुन्।
मंगबार साँझ ८ बजेतिर विद्यालयमै खाना खाएर निस्केका उनी सम्पर्कविहीन थिए।
विद्यालय नजिक लाइट, चप्पल र बिस्कुट फेला परेपछि खोजी गर्दा केही तल वनमा उनको शव फेला परेको थियो।