प्रदेश नम्बर २ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।
हिन्दु धर्मावलम्बीहरूको चाड रक्षाबन्धनका अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश २ सरकारले बुधबार जारी प्रेस विज्ञप्तिमा ‘जनै पूर्णिमाको शुभकामनाका साथै साउन ३० गते बिहीबार सार्वजनिक बिदा’ गरेको उल्लेख छ।
प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिए पनि अन्य प्रदेशले भने यसबारे कुनै निर्णय सार्वजनिक गरिसकेको छैन।