हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई दुई हजार घूससहित रंगेहात पक्राउ परेका छन्।
मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा नदीजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न बहानामा घूस माग गरेको उजुरीको आधारमा भट्टराईलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
भट्टराईले सेवाग्राहीसँग सवारी साधन चेकजाँच गर्ने क्रममा नियमविपरीत नियमित काम गर्न मासिक दुई हजारका दरले बुझाउनु पर्ने बताएका आयोगले जनाएको छ।