राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सवार हेलिकप्टर पुर्वी रुकुममा आकस्मिक अवतरण गरेको छ।
बागलुङको ढोरपाटनबाट पोखरा आउँदै गरेको हेलिकप्टर मौसम अनुकुल नभएपछि रुकुमको भूमे गाउँपालिका ६ को विशाल चौरमा आकस्मिक अवतरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह श्रेष्ठले जानकारी दिए।
प्रभु कम्पनीको हेलीकप्टरमा अध्यक्ष तिमल्सिना सहित ५ जना सवार थिए। उनी ढोरपाटन महोत्सवको उद्घाटन गरेर दिउँसो पोखरा फर्कदै थिए।