वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ।
अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिएका हुन्।
७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो।
उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ 'कन्यादान' सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्।
उनको आजै आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।