महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकरसिंह ठगुन्ना मृत फेला परेका छन्।
नागार्जुन नगरपालिका-३ स्थित एक घरमा महिलासँग ‘लिभिङ टुगेदर’ बसिरहेका ठगुन्ना आइतबार बिहान राति पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ती महिलाले नै प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन्। प्रहरी पुग्दा ठगुन्नाको मृत्यु भइसकेको थियो।
घटनापछि अनुसन्धान गर्न ती महिलालाई नियन्त्रणमा लिइएको प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
‘ती महिला को हुन् र कहिलेदेखि सँगै बस्न थालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ बोगटीले भने।