शुक्रबार बिहान साढे १० बजेतिर भक्तपुरको नयाँ ठिमी चारदोबाटोमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बा ६७ प ६७५४ नम्वरको स्कुटर र बा ७३ प ९७२१ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोटतर्फ जान लागेको स्कुटर र काठमाडौं आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा गम्भिर घाइते भएका चालक ठिमी कमेरेटारका राजेश गोजालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा साढे १२ बजे उनको मृत्यु भएको हो।
त्यस्तै घाइते अर्का स्कुटर चालक प्रविण लोहलाको मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतिरमण पोखरेलले जानकारी दिए।