घोराहीको एक होटेलमा बास बसेका एक युवा मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ रानीवास निवासी २३ बर्षीय लालु घर्ती आइतवार विहान मृत अवस्थामा फेला परेका हुन् । उनी साथीहरुको साथमा शनिवार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकस्थित शंकर होटेलको कोठा नं. २०६ मा घर्ती मृत फेला परेका हुन् ।
भारतको महाराष्ट्रबाट रोजगारी गरि फर्किदै गरेका घर्तीसहित ६ जना शनिबार होटेलमा बास बसेका थिए ।
अन्य चार जना छुट्टै कोठामा सुतेको र घर्तीसँग अर्का एक व्यक्ति सुतेको प्रहरीले बताएको छ ।
विहान साढे ५ बजेतिर घर्ती मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।