पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई थप्पड हान्नु पर्दैन ? भन्दै फेसबुक स्टाटसमा कमेन्ट लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा सिम्रनगढ नगरपालिका ७ का शन्नीकुमार गुप्ता छन्। पर्सामा श्री कंकाली अटो ट्रेडर्सका सञ्चालक २५ वर्षीय उनलाई प्रहरीले गालीगलौज गरेको भनी पक्राउ गरेको हो। सिडिओ कार्यालय जाँदा प्रोत्साहन गर्नुको सट्टा हप्काएर पठाएको भनी एक व्यक्तिले केही दिनअघि स्टाटस राखेका थिए।
त्यसको कमेन्टमा उनले थप्पड हान्नुपर्दैन भन्दै चप्पल निकालेर मुखमा हान्नुपर्छ भनी कमेन्ट गरेका थिए। पक्राउ परेका गुप्तालाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ।