ट्राफिक प्रहरीले एक हजार ९८ जना टयाक्सी चालकलाई कारबाही गरेको छ।
प्रहरीले साउन १ देखि भदौ १५ गते आइतबारसम्म मिटरमा जान नमान्ने र पैसाको मोलतोल गर्ने १ हजार ९८ टयाक्सी चालकलाई कारबाही गरेको हो।
साथै मिटर बिगार्ने र कल फास्ट गर्ने ६ जनामा कारबाहीमा परेका छन्।
प्रहरीले मिटरमा जान नमान्नेहरुलाई ५०० रुपैयाँ जरिवाना तिराउने गरेको छ । त्यस्तै पैसा बढि असुल्नेहरुलाई ३ हजार देखि ५ हजार रुपैयाँ तिराउदैँ आएको ट्राफिक प्रहरी प्रवक्ता रवि कुमार पौडेलले बताए । मिटर बिगार्नेहरुलाई भने नापतौल विभागले कारबाही गर्ने गरेको छ।