मलेसियामा आफूले काम गर्ने अपार्टमेन्टका सुपरभाइजरको हत्या गरेको अभियोगमा दुई जना नेपाली पक्राउ परेका छन्।
द स्टार पत्रिकाका अनुसार सेक्युरिटी गार्डको काम गर्ने उनीहरूले तलब नदिएको भन्दै अपार्टमेन्टका सुपरभाइजरको हत्या गरेका हुन्।
सिसिटिभी फुटेजमा भदौ १५ गते सुपरभाइजर ५४ वर्षका ली पो मेङलाई हेलमेटले कुटेको देखिन्छ।
अर्को दिन स्टाफको शौचालयमा बाहिरबाट लक गरेको अवस्थामा उनको उनी रक्ताम्य अवस्थामा फेला पारेका थिए। अस्पतालमा पुगेपछि मृत घोषणा गरिएको थियो।
प्रहरीले यसलाई हत्या भन्दै अनुसन्धान थालेको छ। त्यसका लागि उक्त अपार्टमेन्टमा सेक्युरिटी गार्डको काम गर्ने दुई जना नेपाली र एक जना स्थानीयलाई पक्राउ गरिएको छ।
पक्राउ पर्ने नेपाली को हुन् भन्ने खुल्न सकेको छैन।