प्रहरीले कैलालीबाट तीन जनालाई पेस्तोल र नक्कली चेकसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ को एउटा घरबाट चार थान पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको हो।
कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरूको साथबाट तीन सय करोडको नक्कली चेक पनि बरामद भएको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान भइरहेको भन्दै नाम सार्वजनिक गरेको छैन।
उनीहरूको साथबाट नेपाल राष्ट्र बैंकका नक्कली कागजात, तमसुक तथा सुनका गरगहनासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
‘पेस्तोल तथा नक्कली कागजातहरू बरामद भएको छ, यसबारे अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरिएको हो,’ गिरीले भने।