भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्।
कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिका भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।