नेपालस्थित चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गर्ने क्रममा १० महिला पक्राउ परेका छन्।
विवाहको नाममा नेपाली चेलीहरु चीनमा तस्करी हुने गरेको विषयलाई लिएर ती महिलाहरुले बालुवाटारमा विरोध प्रदर्शन गरेका थिए। चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका बेला उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
सडकमा बसेर नारा लगाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए। उनका अनुसार पक्राउ परेका महिलाहरुलाई महेन्द्रपुलिस क्लवमा राखिएको छ।