रौटहटको ईशनाथ नगरपालिका-१ मा माछा मार्न गएका तीन बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।
बिहीबार साँझ ४ बजे उनीहरू माछा मार्न गएका थिए। साँझ ७ बजे सम्म पनि घर नफर्केपछि परिवार खोज्न जाँदा खेतको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा उनीहरूको शव भेटिएको हो।
मृत्यु हुनेमा दुई परिवारका बालिकाहरु रहेका छन्। स्थानीय ७ वर्षिय सरिता साह, १० वर्षिय किञ्जुल कुमारी यादव र गुञ्जन कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले बताए।
जिल्ला अस्पताल गौरमा पोष्टमार्टमपछि मृतकको शव परिवारले बुझिसकेका छन्।