बझाङस्थित बित्थडचिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।
आइतबार बिहान करिब १ बजेको समयमा से १ झ २७४ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ।
गाडी जलेर अगाडिको पूर्णरूपमा क्षति भएको र पछाडिका सिट जलेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ईश्वरी दत्त पाण्डेयले बताए।
घटनामा संलग्न रहेको आशंकामा एक जना स्थानीय अमर महरलाई सोधपुछका लागि पक्राउ गरेको छ।
थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।