कैलालीस्थित लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरिएको छ।
गएराति १० बजेको समयमा मेयरको कार्यकक्षमा पेट्रोल लगाएर जलाउने प्रयास गरेको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले बताए।
कार्यकक्षमा रहेको कुर्ची, तार, पर्दा लगायतका सामान केही भाग जलेको र झ्याल पनि फुटेको पाइएको प्रहरीले बताएको छ।
'राष्ट्रिय झण्डा पनि जलाउने प्रयास गरिएको छ' मेयर बजगाईंले भने।
कुनै समूहले नभई इन्भर्टर सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी दक्ष कुमार बस्नेतले बताए।
'कसैलाई शंका गर्न पर्ने केही खालको सामग्री फेला नपरेको र कसैले गरेको वा तार सर्ट भएको हो भन्ने अझै अनुसन्धान भइरहेको छ,' डिएसपी बस्नेतले सेतोपाटीसँग भने।
विप्लव समूहलाई पनि शंका गर्न कुनै खालको पर्चा नभेटिएको उनले बताए।