सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा ‘प्रोफेसर (जस्टिस) एभी रोहद्गी जुरिष्ट अर्वाड २०१९’ बाट सम्मानित भएका छन्।
मेनन इन्स्टियुट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाइटी अफ इन्डियन ल फर्मबाट प्रदान गरिने उक्त अवार्डबाट सिन्हा सम्मानित भएका हुन्।
भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश साइरिक जोसेफले शनिबार केराला राज्यमा भएको एक समारोहबीच उनलाई सम्मान गरेका हुन्।
मेनन इन्स्टियुट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाइटी अफ इन्डियन लले प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न मुलुकमा कार्यरत न्यायाधीशहरूलाई विशेषज्ञताका आधारमा सम्मान गर्दै आएको छ।
सिन्हाले नेपालको कर्पोरेट कानुनको क्षेत्रमा वकालत गरेको र न्यायाधीश भइसकेपछि पनि कानुनी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सो पुरस्कार प्रदान गरिएको हो।
उक्त पुरस्कार भारतको कानुनी क्षेत्रले निकै मान गर्ने प्रोफेसर एन आर माधव मेननको नामबाट स्थापना भएको हो।
मेनन भारतको बैंङ्लोरमा स्थापना भएको नेसनल ल स्कुल अफ इन्डिया युनिभर्सिटी तथा नेसनल जुडिसियल एकेडेमी भोपालको फाउण्डर डाइरेक्टर तथा संस्थापक उपकुलपति थिए।
प्रोफेसर (जस्टिस) एभी रोहद्गी जुरिष्ट अर्वाड उनकै नामबाट स्थापना गरिएको हो।
नेपालका न्यायाधीश सिन्हासँगै भुटानका प्रधानन्यायाधीश छिरिङ वाङ्चुकलाई सिल्फ- मिलाट साउथ एसियन एडुकेसन एक्सेलेन्स अर्वाड प्रदान गरिएको छ।