पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारी संस्थाको सेफ चोरेर फरार भएका दुई व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा रामेछापका १८ वर्षीय सुनिल थापा मगर र २१ वर्षीय दानबहादुर थापा मगर रहेका छन्।
भदौ २५ गते बिहान २ बजे सहकारीको सेफ हराएको थियो। सेफमा नगद सात लाख ८९ हजार रुपैयाँ रहेको थियो। प्रहरीले हराएको सेफ काटिएको अवस्थामा ती दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुबाट सेफ फोड्न प्रयोग हुने फलामको रड, नगद ५३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ पर्नेलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।