अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इञ्चार्जलाई घूससहित पक्राउ गरेको छ।
टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले प्रभागका प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई बुधबार रंगेहात पक्राउ गरेको हो।
कार्यकक्षमै घूस लिइरहेका बेला पन्तलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
घूस रकम के कति भन्ने उनले खुलाएनन्।
स्रोतका अनुसार पन्तलाई पाँच हजार रुपैयाँसहित पक्राउ गरिएको हो।