संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ८ खाँदबारी-धनकुटा सडकखण्डको अक्कड भीरबाट अरूण नदीमा खसेको बोलेरोमा सवार यात्रुवाहक जीप र यात्रु खोजीका लागि गोताखोर परिचालन गरिएको छ।
बुधबार राति को १ ज ३७४९ नम्बरको जीप दुर्घटनामा परेको थियो।
दुर्घटनामा दुई महिने बालकसहित छ जना बेपत्ता भएका थिए।
उनीहरूको खोजीका लागि बिहीबार काठमाडौंस्थित सशस्त्र प्रहरीको २० नम्बर विपद उद्धार उपत्यका गणबाट चार जनाको टोली पठाइएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट दुई जना गोताखोरसहित चार जनालाई घटनास्थल पठाइएको हो।