वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने घोषणा गरेको छ।
बिहीबार सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमार्फत् डा. रुइतलाई सो पुरस्कार दिने घोषणा गरेका हुन्।
सो पुरस्कारको राशी पाँच लाख रहेको छ।
यस्तै, राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई जनही २ लाख ५० हजार प्रदान गर्ने निर्णय गरिएको पनि सरकार प्रवक्ता बाँस्कोटाले जानकारी दिए।