पुर्व माओवादी लडाकु कमाण्डर यमबहादुर प्रतिक्षा सहायक रथी बनेका छन्। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गरेको हो।
बिहीबार मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अधिकारीलाई विशेष पद सिर्जना गरेर सहायक रथी बनाउने निर्णय गरेको बताए।
समायोजनमा गएका माओवादी लडाकु मध्ये नेपाली सेनामा सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकारी हुन्। अधिकारी तत्कालीन माओवादी जनसेनाका डिभिजन कमाण्डु थिए।
उनी सेना समायोजनको क्रममा उपसेनानी बनेका थिए।