तुलसीपुर बसपार्कमा जुवा खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित सल्यानी होटलमा जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ९९ हजार ३ सय ७५ रुपैयाँ बरामद गरिएको छ। शुक्रबार बेलुका ५ बजेतिर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरूको साथवाट विभिन्न कम्पनीका ९ थान मोबाइल, दुई गड्डी तास बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ।
पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत मुद्दा चालाउने प्रहरीले जानकारी दिएको छ।