माटोको ढिस्कोले पुरिएर पर्वतको कुश्मा नगरपालिका ७ खहरेमा एक जना सब-ओभरसियरको मृत्यु भएको छ।
मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गतको बाटोको काम हुँदै गर्दा सडकमाथिको मोटोको ढिस्कोले पुरिएर मोरङ बेलबारीका कमल राईको मृत्यु भएको हो।
सोमबार बिहान १० बजे सडकको लम्बाइ/चौडाइ नाप्ने क्रममा अन्दाजी २० वर्षीय राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
राईको शवलाई एक्साभेटरको सहयोगले बाहिर निकालिएको छ।