घोराही बजारमा रहेको एक फेन्सी स्टोरमा आगलागी भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १४ निमाहल लाइन नजिकै रहेको सल्यानी फेन्सी स्टोर्समा आगलागी भएको छ ।
विद्युत सर्ट भएर लागेको आगोवाट स्टोरमा रहेका कपडा, जुत्ता, चप्पल जल्न पुग्दा झन्डै ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।
उक्त पसलका मालिक सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिका वडा नं.२ निवासी अमरबहादुर रानाले विद्युत सर्ट भइ पसलमा आगलागी भएको हुन सक्ने बताए ।
शुक्रवार राति साढे ९ बजेतिर लागेको आगो प्रहरी, स्थानीय बासी र दमलकको साहेताले १० बजेतिर नियन्त्रणमा लिइएको थियो ।