नेपाली सेनाका दुई सहायक रथीको उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
निरीक्षणाधिकृतको कार्यालयमा रहेका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतना हेडक्वाटरका सहायक रथी गोकुल भण्डारीको उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
सिग्देल र भण्डारीलाई शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोहपछि आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी सिग्देललाई निरिक्षणाधिकृतको कार्यालयको निरिक्षणाधिकृत र उपरथी भण्डारीलाई पश्चिम पृतनापतिको जिम्मेवारी दिइएको छ।
उनीहरूलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गरेको थियो।