नेपालखबर डटकमका सम्पादक कृष्ण ढुंगाना सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बिहीबार साँझ थापाथली, ब्लुवर्ड कम्प्लेक्स (नेपालखबरको कार्यालय)बाट फर्किँदै गरेका ढुंगानालाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका नेपालखबरका संवाददाता मणि दाहालले जानकारी दिएका छन्।
हाल उनको राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। उनको टाउकोमा गम्भीर चोट लागेकाले शल्यक्रिया गरी मस्तिष्कमा जमेको रगत निकालिएको छ।
ढुंगानालाई त्रिपुरेश्वरको प्रहरी बिटअगाडि जेब्राक्रसबाट बाटो काट्दै गर्दा मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।