पृथ्वीलोकमार्ग अन्तर्गत धादिङस्थित गल्छी गाउँपालिका फिस्टे खोलामा माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार १० बजे लमजुङबाट काठमाडौं आउँदै गरेको बा२ख ७४८४ नम्बरको माइक्रोले बा४९प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट विदुर नगरपालिका-१२ का २३ वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको छ। उनीसँगै मोटरसाइकलमा सवार २८ वर्ष हरिप्रसाद भट्ट घाइते भइ उपचारका लागि काठमाडौं ल्याइएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
माइक्रो चालक लमजुङ सुन्दरबजार नगरपालिका-८ बस्ने ३६ वर्षीय सुरज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।