सीता एयरवेज जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरेको छ।
शनिबार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो।
मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए।
जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए। जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।