अ
आइतबार राति ११ बजेको समयमा केही अज्ञात व्यक्ति आइ वडा कार्यलयमा आगलागी गरेको वडा ५ का सचिव गुना केसीले जानकारी दिए।
‘वडा कार्यलयमा रहेको सम्पूर्ण कागजात, फर्निचर, दुई थान कम्युटर, इन्भर्टर लगायतका सामान पनि जलेर नष्ट भएको छ’, केसीले सेतोपाटीलाई भने।
कार्यालय पूर्णरूपमै नष्ट भएको वडा कार्यालयले जनाएको छ।
प्रहरीले त्यस घटनालाई लिएर केही व्यक्ति पक्राउ गर्दै अनुसन्धान थालेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए।
२४ गते शुक्रबार पनि नगरपालिकाको टिपर र जेसिबी डोजरमा आगजनी गरिएको थियो।