आपसी झगडामा मकवानपुर बकैया गाउँपालिका-३ मा एक व्यक्तीले बञ्चरोले अन्धाधुन्ध आक्रमण गर्दा एक महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन्।
बुधबार राति ६ बजे आपसी झगडामा ५० वर्षका सुक बहादुर पाख्रिनले अन्धाधुन्ध रूपमा बञ्जरोले आक्रमण गर्दा सन्तमाया लोकोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उक्त आक्रमणबाट सन्तमायाका श्रीमान् कुलबहादुर लोको र २६ वर्षका दिवी माया मोक्तान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिए।
चुरेहिल अस्पताल, हेटौंडामा घाइतेको उपचारका भइरहेको छ।
'उनिहरुको अवस्था गम्भीर नै छ, विस्तारै रिकभर भइरहेको छ' डिएसपी भट्टराईले सेतोपाटीलाई भने।
प्रहरीले पाख्रिनलाई पक्राउ गरी सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।