धनुषामा माटो खन्ने क्रममा एक जना बालिकाको मृत्यु भएको छ।
घर लिपपोत गर्नका लागि भन्दै धनुषाधाम वड़ा नम्वर ५ स्थित नौसय विघामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा १३ वर्षीया अंजलीकुमारीको मृत्यु भएको हो।
माटो खन्ने क्रममा ढिस्को झर्दा गम्भीर घाइते भएकी धनुषाधाम नपा वडा नम्बर दुईकी अंजलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनामा दुई जना महिला घाइते भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरिक्षक सुमन थापाले बताए। ढिस्कोमा परेर धनुषाधाम २ की रिंकु यादव र ममता महतो घाईते भएका छन्।
उनीहरुको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।