प्रदेश नम्बर २ मा लोक सेवा आयोगले पूर्णता पाएको छ।
अध्यक्षमा सुरेन्द्र यादवको नियुक्ति भएको करिब दुई महिनापछि सोमबार दुई जना सदस्य थप गरेर आयोगलाई पूर्णता दिइएको हो।
सदस्यमा सिफारिस भएका महोत्तरीका महारूद्र झा र सप्तरीका सुजाता देवलाई सोमबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथग्रहण गराएका हुन्। प्रदेश लोकसेवा आयोग अध्यक्षसहित तीन सदस्यीय हुने व्यवस्था छ।