नेपाल प्रहरीले गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले गायक थापालाई नियन्त्रणमा लिइएको बताए।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
गायक थापाले रिलिज गरेको पछिल्लो 'ह्यापी तिहार' नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ।
हाल यो गीत यूट्यूबबाट हटाइसकिएको छ।
हाल थापा महाशाखामा रहेकाछन् र उनीसँग गीतका बारेमा सोधपुछ हुँदैछ।