कास्कीको अन्नपूर्ण गाउँपालिका-११ को बगरमा हिमपहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन्।
मृत्यु हुनेमा पोखरा-५ पर्स्याङका १८ वर्षीय सञ्जय खनाल रहेको प्रहरीले जानकारी दिएको छ।
हिमपहिरोबाट थुप्रिएको ढिस्कोले पुरिँदा खनालको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए।
उनले त्यस स्थानमा प्रहरी जाँदै गरेको बताए।
घाइते भएका पोखरा सन्तोष बाँस्तोला र निर्जन कोइरालाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
घाइतेको हेलिकप्टरबाट उद्धार गरी अस्पताल ल्याइएको हो छ भने खराब मौसमका कारण शव ल्याउन नसकिएको प्रहरीले जनाएको छ।
हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा फोटो खिच्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयले बताएका छन्।