नेपाली सेना र अमेरिकी सेनाबीच ‘ल्याण्ड फोर्स टल्क’ कार्यक्रम सुरू भएको छ।
सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार(भोलि)सम्म चल्ने संयुक्त कार्यक्रममा नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिवृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य फौज व्यवसायीकरण सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेका कारबाहीका अनुभवहरू आदनप्रदान गरिने नेपाली सेनाले जनाएको छ।
उक्त कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीसहित १९ जना र अमेरिकाको तर्फबाट मेजर जनरल डानियल एफ एमसिडानियलको नेतृत्वमा १६ सदस्यीय टोली सहभागी छ।
अमेरिकी सेनाको टोली सोही कार्यक्रममा भाग लिग कात्तिक ४ गते नेपाल आइपुगेको हो।
यो कार्यक्रम ल्याण्ड फोर्स टल्कको दोस्रो संस्करण हो। यसअघि पहिलो पटक २०७५ जेठमा उक्त कार्यक्रम भएको थियो।
यसैबीच अमेरिकी सेनाको नेतृत्व गरेर आएका मेजर जनरल डानियल एफ एमसिडानियलले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन्।
उक्त भेटमा दुई देश बीचका सेनाको पारस्परिक सम्बन्ध र पेशागत क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको सेनाले जनाएको छ।