बुद्धशान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर मामा भान्जाकै मृत्यु भएको छ।
स्थानीय १८ वर्षिय अभिनास राई र भोजपुरबाट पाहुनाका आएका उनका अन्दाजी ३५ वर्षीय मामा मनिराम राईको माछा मार्ने क्रममा हात्तीलाई लगाएको तारबाट करेन्ट सप्लाई भएर मृत्यु भएको उनका दाई पेरिस कुमार राईले जानकारी दिएका छन्।
हात्ती प्रभावित क्षेत्र भएकोले स्थनीयहरुले आफ्नो आफ्नो जग्गामा तार लगाएको र सोही तारबाट करेन्ट सप्लाई भएर उनीहरुको मृत्यू भएता पनि आफूलाई यस तार लगाएको विषयमा जानकारी नभएको नवज्योति सामुदायिक वन समूहका अध्यक्ष मानबहादुर साँवाले जनाएका छन्।