स्वीट्जरल्याण्ड सरकारले नेपाललाई २ अर्ब १० करोड (१९.४ मिलियन स्वीस फ्र्याङ्क) सहयोग गर्ने भएको छ।
बुधबार काठमाडौंमा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलर र अर्थ सचिव राजन खनालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
स्वीट्जरल्याण्ड सरकारले ट्रेल ब्रिज बनाउन ९.४ मिलियन स्वीस फ्र्याङ्क र प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि १० मिलियन स्वीस फ्र्याङ्क सहयोग गरेको हो ।
स्वीस सरकारले अहिलेसम्म ८ हजार ट्रेल ब्रिज बनाइसकेको राजदूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। साथै स्वीस सहयोगमा १२५ तुइनहरु पनि प्रतिस्थापित भएका छन्।
स्थानीय तहमा नेपाललाई थप २४०० ब्रिज आवश्यक छ। आर्थिक वर्ष २०७५/७६ मा मात्रै ५२५ ट्रेल ब्रिज बनाउन स्वीस सरकारले सहयोग गरेको छ। त्यसमध्ये प्रदेश ४ मा १०५ ब्रिज बनेका हुन्।