पूर्वयुवराज पारस शाह पश्चिमी क्षेत्रका हिमाली जिल्लाको भ्रमणमा छन्। उनी पोखराबाट मुस्ताङ हुँदै म्याग्दी पुगेका छन्।
आफ्नै निजी सवारीसाधन लिएर बुधबार पारस मुस्ताङ पुगेका थिए। प्रहरी स्रोतका अनुसार मुस्ताङमा गएर उनले मुक्तिनाथ दर्शन गरे।
त्यहाँ रहँदा उनी मोक्ष होटलमा बास बसेका थिए।
आफ्ना शुभचिन्तक र सहकर्मीसाथ मुक्तिनाथ दर्शनपछि पारस शुक्रबार म्याग्दीतर्फ लागेको प्रहरी स्रोतले जनाएको छ।
मुक्तिनाथ दर्शनका क्रममा उनका केही दृश्यहरू सार्वजनिक भएका छन्। उनले मुक्तिनाथलाई हात र घुँडा टेकेर ढोगेका छन्।
केही समययता उनी सहकर्मी र समर्थकसँग हिमाली जिल्लाको भ्रमणमा छन्। केही समयअघि उनी पोखरामा थिए।