धुलिखेलबाट नेपालथोक जाँदै गरेको बस काभ्रे नमोबुद्ध नगरपालिका-२ भकुण्डेमा दुर्घाटना भएको छ।
हिमाल तराई यातायातको बा४ख३३१९ नम्बरको बस भिरबाट खस्दा दुर्घटना भएको हो।
दिउँसो साढे ३ बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेको उपचार धुलिखेल अस्पतालमा भइरहेको काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी जयराज सापकोटाले जानकारी दिए।
‘अहिलेसम्म कसैको मृत्यु नभएको र थप अनुसन्धान भइरहेको छ’, सापकोटाले भने।
दुर्घटनाबाट सबैको उद्धार गरी अस्पताल लगिसकेको छ।