राजधानीको चन्द्रागिरीमा १४ औं महानगरीय प्रहरी दिवसको अवसर आयोजित विविध साँस्कतिक कार्यक्रम तथा नेपाल प्रहरी व्याण्डको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ।
‘हर प्रहर गाउँ र नगरी! टोल टोलमा नेपाल प्रहरी !!’ भन्ने नारा लिएर शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकोटको संयोजनमा चन्द्रागिरीस्थित भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टर गुर्जुधारामा कार्यक्रम मनाइएको हो।
समुदाय-प्रहरी पालिका समिति चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले केही महिना अघिदेखि सुरू भएको समुदाय प्रहरी साझेदारी अभियान लाभकारी रहेको बताउँदै सुरक्षित र समुन्नत समाजको निर्माण आफ्नो चाहना भएकोले आफ्नो कार्यकालमा समाजमा कुनै पनि किसिमका अपराधिक क्रियाकलाप हुन नदिन सचेत रहने र नगरवासीलाई पनि सचेत हुन अनुरोध गरे।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी)शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यता तथा चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो।