भारतको जम्मु-कस्मिरस्थित डोदा जिल्लामा गाडी खस्दा १६ जनाको मृत्यु भएको छ।
मंगलबार अपरान्ह साढे ३ बजे क्लिनीबाट मर्मतको गोवा गाउँ जाँदै गरेको गाडी घुम्तीमा मोड्न खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको एनडिटिभीले जनाएको छ।
मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका समेत रहेका छन्।
चालकले घुम्तीमा गाडी मोड्न नसक्दा ७०० मिटरबाट तल खसेको हो। यस दुर्घटनाबाट भने पछि एक जनाको उद्धार गरेको भारतीय प्रहरीले जनाएको छ। जम्मु -कस्मिर प्रदेश कंग्रेस कमिटीका उपाध्यक्ष तथा पूर्वमन्त्री गुलाम मोहम्मद सरुरीले दुर्घटनामा ज्यान गुमाएकालाई १० लाख राहत प्रदान गर्न निर्देशन दिएका छन्।