टुँडिखेललाई अतिक्रमणमुक्त गर्न गत शनिबारबाट सुरू गरिएको 'अकुपाई टुँडिखेल'को तीन महिने अभियान अन्तरगतको दोश्रो शनिबार अभियन्ताहरूले टुँडिखेलमा खरीको बोट रोपेका छन्।
खरीको बोट रोप्नु अघि वनस्पतिविद् तीर्थ बहादुर श्रेष्ठले टुँडिखेलको महत्वमाथि प्रकाश पारेका थिए।
उनले अक्सिजन प्राप्तिका लागि टुँडिखेल एकदमै महत्वपूर्ण रहेको बताए।
पहिलेपहिले सबै सार्वजनिक कार्यक्रमहरू टुँडिखेलमा रहेको ठूलो खरीको बोटमा हुने गर्थ्यो।
समयक्रममा टुँडिखेल अतिक्रमणमा पर्दैजाँदा सो ठूलो खरीको रूखलाई काटेर हटाईयो। राणाकालमा सो खरीको बोटमा उभिएर महत्वपुर्ण घोषणाहरू गर्ने गर्थे। राणाकालपछि राजा त्रिभुवनले पनि सो खरीको बोटको चौतारीमा उभिएर सम्बोधन गरेका छन्।
राणा प्रधानमन्त्री चन्द्र शम्शेर नेपालबाट दासप्रथाको उन्मुलन खरीको बोटबाट नै गरेका थिए।
'अकुपाई टुँडिखेल' अभियन्ताहरूले त्यसै समयको सम्झनालाई पुनः ब्यूँत्याउन खरीको बोट रोपेका हुन्।