पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताइन्।
‘आज देशका मध्य र पश्चिमी भूभागमा आंशिमदेखि सामान्य बदली र पूर्वी भूभागमा आंशिक बदली रहनेछ’, उनले भनिन्।
राति देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ।
सोमबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५.३ डिग्री सेल्सियस रहेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
आगामी तीन दिनको मौसम पूर्वानुमान
कात्तिक ३० गते (शनिबार)
दिउँसो: देशका मध्य र पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी भू- भागमा आंशिक बदली रहने छ। मध्य र पश्चिमी पहाडि भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी र मध्य उच्च हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशको पहाडी भू-भागमा आंशिक वदलि रहि अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंसिर १ गते (आइतबार)
दिउँसो: देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, मध्य पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू - भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी र मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राति : देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, मध्य पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी र मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मंसिर २ गते (सोमबार)
दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू - भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।