भारतको छत्तिसगढमा बुधबार सहकर्मीको गोली प्रहारबाट पाँच जना इन्डो-टिबेटियन बोर्डर प्रहरी(आइटिबिपी)को मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार नारायणपुरस्थित कडेनार क्याम्पको ४५ औं बटालियनमा प्रहरी जवानले एक-अर्कालाई गोली हान्दा पाँच जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।
एक प्रहरी जवानले गोली हानेर चार जनालाई मारेपछि उनलाई पनि गोली हानिएको प्रारम्भिक जानकारी पाइएको प्रहरी प्रमुख सुन्दर राज पीले पीटिआइलाई बताए।