प्रहरीले हुण्डीको रकमसहित दुई जनालाई सिरहाबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो सिरहा कर्जन्ना नगरपालिका-९ का उमेश मगर र लहान नगरपालिका-१९ का जीवकुमार साहलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मगरकव साथबाट चार लाख रुपैयाँ भारतीय रुपैयाँ बरामद भएको छ भने साहको साथबाट एक लाख रुपैयाँ बरामद भएको छ।
भगवानपुर सिरहामा डब्लू बि०६एफ ७२३२ नम्बरको गाडीमा सवारी उनीहरूलाई प्रहरीले चेकजाँच गर्दा अवैध भारू रकम फेला परेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।
पक्राउ परेकामाथि अनुसन्धान थालिएको छ। स्रोत नखुलेको रकम हुण्डीमा प्रयोग हुने गरेको छ।